[email protected]   9841279814
Follow On :

लो.स.पा. नेपालका अध्यक्ष एवम महोत्तरी क्षेत्र नं.३ का प्रतिनिधिसभा सद्स्य माननीय महन्त ठाकुर ज्यूद्वारा जलेश्वर नगरपालिका वड़ा नं. ३ को वडा कार्यालय र स्वास्थ्य चौकीको उदघाट्न सम्पन्न भयो । साथै काली पुजाको कलश यात्रा को शुभारम्भ भयो । जलेश्वर न.पा. वड़ा नं. ११ पिगौनामा कार्य्कर्ता भेटघाट कार्यक्रममा समेत प्रमुख अतिथि को रूपमा आफ्नो कुरा राख्नु भयो । कार्यक्रममा म लगायत पूर्व सामाजिक विकास राज्य मन्त्री एवम प्रदेश सभा सदस्य माननीय अभिराम शर्मा ज्यु , प्रदेश सभा सदस्य माननीय परमेश्वर साह ज्यु , जलेश्वर नगरपालिका मेयर रामशंकर मिश्र ज्यु , जलेश्वर नगरपालिका वडा नम्बर ३, ११, र १२ का वड़ा अध्यक्ष ज्यु , जलेश्वर अस्पताल संचालक समिति अध्यक्ष सुरेश पाण्डेको सहभागिता रहेको थियो ।